अमेरिकाको बोष्टनमा सुतेको अवस्थामा एक नेपालीको निधन

अमेरिका– अमेरिकाको बोष्टनमा सुतीरहेको अवस्थामा एक नेपालीको निधन भएको छ ।
पुर्वी झापा स्थायी घर भई बोस्टनको म्यासाचुसेट्स बस्दै आएका ४५ वर्षिय बासुदेव ढुंगानाको दुख्द निधन भएको हो ।
सोमबार राती अपार्टमेन्टको कोठामा अकस्मात निधन भएको ग्रेटर बोष्टन नेपाली कम्युनिटीका अध्यक्ष अर्जुजंग कुवँरले युएसनेपाल पोष्टलाई जानकारी दिए । झण्डै १० वर्ष देखि अमेरिका बस्दै आएका ढुगानाको परिवार भने नेपालीमै रहेका छन् । उनका श्रीमति र दुई छोराछोरी छन् । ढुंगानाको शब पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
लामो समय क्यालिफोर्निया बसेका ढुगाना दुई वर्ष अघि मात्र बोष्टन बसाई सरेका थिए । परिवारलाई नेपालबाट झिकाउने प्रकृया चलीरहेको बेला ढुगानाको निधन भएको छ ।
नेपालीकै घरमा डेरामा एक्लै बस्दै आएका ढुगाना राती खाना खान कोठाबाट सधै तल झर्ने गरेका थिए । घटनाको दिन राती अबेर सम्म पनि खाना खान तल नझरेपछि घरबेटीले ढोका ढकढकाउदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका खोली हेर्दा ढुगाना अचेत अवस्थामा बेडमा थिए । अचेत अवस्थामा अस्पताल पुराइएका उनको निधन भइसकेको थियो । ग्रेटर बोस्टन नेपाली कमिटीले ढुगानाको निधनले नेपाली समुदायलाई अपुरणीय क्षति पुगेको भन्दै शोक वक्तव्य जारी गरेको छ ।
परिवारकाे सहयाेगका लागी तलकाे गाेफन्डमा जानुहाेला