अमेरिका–आज डिसेम्बर २५ अर्थात क्रिसमस डे । क्रिसियन धर्म मान्नेहरुको ठुलो चार्डको रुपमा क्रिसमसलाई लिइन्छ । विश्वभर नै पर्व आज धुमधामले मनाइने गरेको छ । तर बिगतमा जस्तो यो क्रिसमसमा रौनकता देखिएको छैन । अमेरिकामा पनि बिगत एक वर्षदेखि फैलिएको कोरोना महामारीका कारण यसपटक क्रिसमस खासै उल्लासमय बन्न सकेको छैन । रमाइलो पार्टि तथा जममघटमा कमी देखिएको छ । बिगतमा जस्तो होटल रेष्टुरामा भीडभाड छैन ।
तर पनि क्रिसमसको अवसरमा सहरहरु भने क्रिसमस ट्री तथा सान्टा कलजको पहिरनले झकीझकाउ छ । चर्चहरुमा आजको दिन विशेष रुपमा पुजा प्रार्थना पनि गरिन्छ ।
क्रिसमसमा अमेरिकामा ठुला सपिङ मल, होटल देखि रेष्टुरा सबै झिलीमिली बनाइएको छ । परिवार आपसमा जमघट गरेर क्रिसमस डे मनाइरहेका छन् । क्रिसमस डेको अवसरमा लामो विदा हुने भएकाले यहा“ धेरै जना यही मौकामा घुमघामका लागी पनि लामो सवारी यात्रमा निस्कने गरेका छन् ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...