उसले मनमनै भन्यो –
“अहा, कति मीठो, सटिक कोटेसन ! हो नि, पैसा भए पछि नै त आफु को हुँ भन्ने थाहा पाइँदो रहेछ । पैसा नभए पछि आफ्नो प्रतिभा, क्षमता, योग्यता सवै दबेर बस्दा रहेछन । पैसा नहुँदा म कति जना संग नरम भएर कुरा गर्थें – अर्थात् दबिएर कुरा गर्थें । सवैलाई मन नलागि नलागि कति आदर-सम्मान गर्थें । आफ्नो मनमा लागेका कति कुराहरु गर्न, भन्न पाउँदिन थिएँ । म को हुँ भन्ने चिज नै थाहा थिएन…।” अनि उसले त्यो कोटेसनलाई प्रिन्ट गरेर बैठक कोठाको भित्तामा राख्यो – “पैसा भए पछि आफु को हो भन्ने चिनिन्छ -अज्ञात ”

एक दिन उसको पुरानो मित्र उसलाई भेटन आयो । बैठक कोठामा बसेर साथीलाई पर्खदै गर्दा मित्रको आँखा त्यो कोटेसनमा पर्यो । मनमनै भन्यो – ” यसको अर्थ मान्छेको बुझाइमा भर पर्छ । हेरौँ साथीले कसरि बुझेछ ।”

साथी आएर कुरा गर्न थाल्यो । बोली पिच्छे “म यस्तो, मैले यस्तो गरेँ , मैले जस्तो अरुले कहाँ बुझेको छ र , मैले त्यहाँ यस्तो गरेँ , वहाँ उस्तो गरेँ , म बाहेक अरुको के तागत , मैले चाहेँ भने यहाँ क-कसलाई हल्लाईदिन सक्छु, म संग आज के छैन, म…” भन्ने कुराहरुको वर्षा भैरहेको थियो ।

मित्रले सुनिरह्यो । मनमनै भन्यो – ” हो पैसा भए पछि मान्छेको चरित्र देखिन्छ, अनि उ को हो भनेर चिनिन्छ । आज तँ को होस् भनेर तैंले आफैंले मलाई चिनाइस ”

– बेडफोर्ड, टेक्सास

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected