अमेरिका– संसारभर फैलिएको कोरोनामहामारीबाट सबैभन्दा प्रभावित देश अमेरिकामा अझै यसको प्रभाव न्युन हुन सकेको छैन ।
यो महामारीबाट अझै पनि अमेरिका उभ्रिन सकीरहेको छैन । अमेरिकाका लागि सन् २०२० को आखिरी महिना डिसेम्बर झनै कोरोनाको कहर बनेको छ । अमेरिकामा कोरोना महामारी सुरु भए यता अहिलेसम्मम सबैभन्दा धेरै मुत्युदर यही डिसेम्बर महिनामा भएको छ । कोविड ट्रयाकिङ प्रोजेक्टको एउटा नया रिपोर्टलाई आधार बनाएर सिन्हुआ न्युज एजेन्सीले यो बारेमा जानकारी दिएको हो ।
यो रिपोर्ट यस्तो बेलामा आएको छ अमेरिकामा कोरोना संक्रमणको बढदो सख्या, मुत्यु तथा अस्पताल भर्ना हुने संख्या पनि दिनहु बढदो छ । रिपोर्ट अनुसार शनिवार सम्म  डिसेम्बर महिनामा ६३ हजार ५ सय २६ जनाको कोरोना संक्रमणका कारण अमेरिकामा मुत्यु भएको छ ।
औसत सात दिनमा हरेक दिन २ हजार भन्दा बढीको कोरोनाबाट ज्यान गएको छ । अहिले अमेरिकामा कोरोनाबाट एक लाख १७ हजार भन्दा बढी अस्प्तालमा भर्ना भएका छन् ।
अमेरिकामा अहिलेसम्म १ करोड ९१ लख भन्दा बढी कोरोना संक्रमीतको संख्या पुगेको छ । ३ लाख भन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
संसारभरको तथ्याङकमा २३ प्रतिशत भन्दा बढी कोरोनाको संक्रमण यहा भेटिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected