जो बाइडेनद्रारा संकट बाट गुज्रिएको मुलुकलाई पार लगाउन आफनो टिम तयार रहेको भनाई

अमेरिका– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले वर्तमान समयमा मुलुकले चार ऐतिहासिंक संकटको सामना गरिरहेको बताएका छन् ।
उनले यी सबै संकटको सामना गर्न आफनो नया टिमले कडा मिहिनेत गरिरहेको समेत बताएका छन् ।
बाइडेनले एक ट्वीट गदै कोरोनाभाइरस संगै मुलुकको अर्थव्यवस्था अति नै कमजोर बन्दै गएको बताए । त्यस्तै उनले मुलुकले जलवायु परिवर्तन तथा नश्लीय हिंसाको सामना गर्नु परेको बताएका छन् । उनले ट्वीट मार्फत यी सबै समस्याको हल गर्न आफनो टिमले कडा रुपमा मिहिनेत र तयारी गरिरहेको जानकारी दिएका छन्ल ।
बाइडेनले गरेको यो ट्वीटपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस राहत र सरकारी बिलमा हस्ताक्षर गरेका थिए । शनिवार बाइडेनले ट्रम्पलाई कोरोना राहत प्याकेजमा हस्ताक्षर गर्न दबाब दिएका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...