अमेरिका– डेमोक्रेट पार्टि नियन्त्रित हाउसले राहत प्याकेज २ हजार डलर बनाउने बिल पास भए पनि सिनेटमा फेरि आज सहमतिको प्रयास हुदैछ । सिनेटले पास गरेपछि बल्ल यो प्याकेज राष्ट्रपतिले हस्ताक्षर गर्नेछन् ।
सोमबार हाउसमा प्रस्तावको पक्षमा २३१ डेमोक्रेट र प्रस्तावको विपक्षमा ४४ जना रिब्लिकनले भोट दिएका थिए ।
राहत प्याकेजको ६ सयको चेक २ हजार डलर बनाउनेमा भने रिपब्लिकनका केही सासदहरु भने सहमति जनाएका छैनन । सिनेटमा सहमितको प्रयास हुने सकेना भने मतदान हुनेछ । अमेरिकाको माथिल्लो सदन अर्थात सिनेट रिब्लिकनको बाहुल्यता रहेको छ । सर्वोसम्मतको प्रयास हुन सकेन भने राहत प्याकेजको परिमार्जित २ हजार पास हुन सभावना कम छ । तर रिब्लिकनका केही बोहक अधिकांश सासद भने यसमा सहमत छन् ।
यस अघि ६ सय सहितको राहत प्याकेजमा सहमति भएकोमा हस्ताक्षरका लागी राष्ट्रपति ट्रम्पको राष्ट्रपति कार्यालयमा पुगेको थियो । ट्रम्पले ६ सय कम भएको र त्यसलाई बढाएर २ हजार बनाएर ल्याउन सुझाव दिएका थिए । डेमाक्रेट सासदहरुले ट्रम्पको सुझावलाई समर्थन गरेका थिए । तर रिब्लिकनका कहेी सासदहरुले भने यसमा सहमति जनाएका थिएनन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...