अमेरिकामा कोविड–१९ भ्याक्सिन लगाएको ६ दिनपछि नर्स भए कोरोना पोजेटिभ
अमेरिका–अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा कोरोनाको भ्याक्सिन लगाएका एक जना नर्समा कोरोना पोजेटिभ देखिएको छ ।
क्यालिफोर्नियाको सान डिएगोमा फाइजर भ्याक्सिन लगाएका ४५ वर्षिय म्याथिउ डब्लु एक साता पछि कोरोना पोजेटिभ भेटिएका हुन । उनले गत डिसेम्बर १८ मा कोरोना भ्याक्सिन लगाएको फेसबुकमा जानकारी दिएको कुरा अन्तराष्ट्रिय समाचर एजेन्सीहरुले उल्लेख गरेका छन् । उनले क्यालिफोर्नियाको स्थानिय दुई अस्पतालको इर्मेजेन्सी सेवामा कार्यरत रहेका थिए ।
स्वास्थकर्मिका अनुसार फाइजर भ्याक्सिन लगाएपछि उनमा केही साइड इफेक्ट भएको थिएन ।
समाचार एजेन्सीका अनुसार भ्याक्सिन लगाएको ६ दिनपछि क्रिसमसको पुर्व सन्ध्यामा कोविड–१९ युनिटमा काम गरेपछि उनी बिरामी भएका थिए । सुरुमा उनलाई जाडो हुन थाल्यो र पछि शरीर दुख्न थालेको थियो । उनमा थकाइको महसुस हुन थाल्यो । क्रिसमस पछि उनी अस्पताल गएर कोरोना परीक्षण गराए । अस्पतालमा परीक्षण पछि नै उनमा कोरोना पोजेटिभ देखिएको हो ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...