अमेरिका– बेलायतमा देखिएको कोरोनाको नया प्रकारको पहिलो संक्रमण अमेरिकामा पनि भेटिएको छ ।
अमेरिकाको कोलोराडोमा २० वर्षिय एक युवामा कोरोनाभाइरसको नया संक्रमणको पहिलो केस भेटिएको हो । संक्रमीत भएका व्यक्ति कतै पनि यात्रा नगरेको तथ्य भेटिएको छ । उनलाई बेग्लै स्थानमा राखिएको छ । अमेरिकामा भेटिएको यो पहिलो संक्रमणको स्वास्थ्यकर्मिले जा“च गरिहेका छन् । यो भाइरस राज्यमा पहिलो पटक कसरी भेटियो भनेर स्वास्थकर्मि नै अन्यौलमा परेका छन् ।
कोलोराडाको एल्बर्ट काउन्टीका स्वास्थ निर्देशककाम अनुसार कोलोराडो राज्यमा दोस्रो संग्दिध मामला पनि अगाडी आएको बताएका छन् । संक्रमीत दुवै व्यक्ति एल्बर्ट काउन्टीको कम्युनिटी सेन्टरमा काम गर्ने हुन । दुवै जना अल्बर्ट काउन्टीका बासिन्दा भने हैनन । यो संगै कोरोनाभाइरसको नया रुप पुरै राज्यमा फैलिने चिन्ता व्यक्त गरिएको छ । राज्यका गर्भनर जैरेड पोलिसले नया कोरोना संक्रमण भेटिइको पुष्ठि गरेका छन् । कोलोराडो राज्यको प्रयोगशालाले पनि भाइरसको नया रुवरुप भेटिएको पृष्ठि गरिसकेको छ ।
यो नया प्रकारकाको भाइरस सुरुमा बेलायतमा देखिएको हो । यो भाइरस युरोप लगायत एशियाका केही मुलुकमा भेटिसकेको छ । बेलायतका वैज्ञानिकले यो नया प्रकृतिको कोरोनाभाइरस पुरानो भन्दा अधिक संक्रमक भएको दाबा गरेको छ ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected