अमेरिका– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले वाइट हाउस प्रशासन संचालनका लागि सय जना भन्दा बढीलाई नियुक्त गरेका छन् ।
नियुक्त गरिएका मध्ये अधिक महिला तथा गैर अमेरिकन मुलका रहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
बाइडेनले वाइट हाउसका लागी ६१ प्रतिशत महिला र ५४ प्रतिशत गैर अमेरिकी मुलका नागरिक छन् । वाइडेनले आफनो प्रशासनमा विविद्यतामा एकता कायम गराउन यसरी सबैलाई समेटेको बताएका छन् ।
गत नोभेम्बर ३ मा भएको राष्ट्रपतिको निर्वाचनमा बाइडेनले राष्ट्रपतिमा जीत हासिल गरे भने कमला ह्यारिसले उपराष्ट्रपतिमा जीत हासिल गरेकी थिइन । उनिहरु दुबैले आउ“दो जनवरी २० मा वाइट हाउसमा सपथग्रहण गर्नेछन् ।
बाइडेनको सत्ता हस्तान्तरण समुहले मुलुकको जटील परिस्थितिलाई सामना गर्नका लागी फरक विचारधारा, पृष्ठिभुमी तथा प्रतिभावानहरुलाई बाइट हाउस प्रशासनमा समेटिएको जानकारी दिएको छ ।
त्यसो त जो बाइडेन र कमला ह्यारिसले आफनो भावी प्रशासन संचालनका लागी सय भन्दा बढी सदस्य नियुक्त गर्ने लक्ष्य राखेका थिए । यो लक्ष्य अहिले आएर पुरा भएको छ ।
प्रशासनमा नियुक्त भएका सदस्यहरुले बाइट हाउसमा आफनो योगदान दिनेमा बाइडेन समुह विश्वस्त देखिएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...