९३ महिलाको हत्या गर्ने अमेरिकाका खतरनाक सिरियल किलरको मुत्यु

अमेरिका– अमेरिकाका सबैभन्दा खतरनाक सिरियल किलर स्यामुअल लिटलको ८० वर्षको उमेरमा मुत्यु भएको छ ।
क्यालिफोर्नियाको जेलमा सजाय भोगीरहेका उनी बिरामी परेपछि उपचारका लागी अस्पताल लगिएपछि मुत्यु भएको हो । उनी मधुमेह, मुटुको समस्या र अन्य बिमारले ग्रस्त थिए । उनले ३० वर्षको अवधिमा ९३ जना महिलालाई हत्या गरेका थिए ।
अमेरिकाको इतिहासमा एक खतरनाक सिरियल किलरको रुपमा रहेका उनलाई सन् २०१४ मा उनलाई पक्राउ गरिएको थियो । सोधपुक्षका क्रममा उनले ९३ महिलाको हत्या गरेको स्वीकार गरेका थिए । अमेरिकी जा“च एजेन्सीका अनुसार अहिले सम्म उनले ५० महिलाको हत्या गरेको पृष्ठि भइसकेको छ । बाकी अन्य घटनाको अनुसन्धान अहिले चलीरहेको छ ।
उनले सन् १९७० मा पहिलो पटक यस्तो जघन्य अपराध गरेका थिए । त्यसपछि उनी कयौ महिलाको हत्या गरेर पनि ४० वर्ष सम्म प्रहरीको जा“च ब्युरोले पक्राउ गर्न सकेको थिएन । जुन सबैलाई आश्चार्य बनाउने घटना थियो ।
उनले विशेष गरी समाजमा अहम भुमिका नभएका ड्रग एडिक्ट, सेक्स वर्कर, बेघर महिलालाई आफनो निशाना बनाएका थिए । यही कारण उनी प्रहरीको नजरमा पर्न सकेनन । उनले अमेरिकाका १९ राज्यमा हत्याका घटनाहरु घटाएको खुल्न आएको छ । सैमुअलको जन्म १९४० मा एन्लान्टामा भएको थियो । जन्मेको केही समयपछि उनलाई आफनी आमाले छाडेर गएकी थिइन । प्रहरीको बयानमा उनले आफु ७–८ वर्षको हु“दा नै कसैको घाटी थिच्ने इच्छा भएको बताएका थिए।
एजेन्सीको सहयोगमा