अमेरिका– अमेरिकी कम्पनी मोर्डना भ्याक्सिनको तेस्रो चरणको एउटा परीक्षणको नजिता अगाडी आएको छ ।
समाचार एजेन्सी पिटीआइको अनुसार शोत्र पत्रिका द न्यु इग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययन अनुसार यो भ्याक्सिन कोरोना संक्रमण रोक्न तथा गंभीर प्रकृतिका विमारीहरुको स्थितिमा ९४.१ प्रतिशत प्रभावकारी रहेको छ ।
अमेरिकाको एक अस्पतालमा भएको परीक्षणमा यो भ्याक्सिन कोरोना महामारीको रोकथामका लागी फलदायी हुने दाबी गरिएको छ । संक्रमक रोग विशेषज्ञ लिंन्डसे बैडेनका अनुसार अहिलेसम्मको नतिजामा यो ९४। १ प्रतिशत प्रभावकारी देखिएको हो ।
अध्ययनका सहलेखक समेत रहेका बैडेनले यो भ्याक्सिन गंभीर खालका बिमारीको स्थितिमा प्रभावकारी हुने देखिएको छ ।
अध्ययनको तथ्याङक अनुसार भ्याक्सिनले कोरोना संक्रमण र मृतकको संख्या रोकिने देखिएको छ । अमेरिकाको ९९ स्थानबाट यो अध्ययन परीक्षणमा ३० हजार ४ सय २० जना व्यस्कहरुलाई सामेल गराइएको थियो । उनिहरुलाई उक्त क्रममा यो भ्याक्सिन दिइएको थियो ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...