विश्व स्वास्थ्य संगठनद्धारा फाइजर भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति
अमेरिका– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले फाइजर बायोएनटेकले निर्माण गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिनलाई आपतकालिन प्रयोगका लागी अनुमति दिएको छ ।
संगठनले भ्याक्सिनलाई अनुमति दिएपछि विश्वमा अब यसको सहज पहु“च भई अति आवश्यक देशमा आयात र वितरणमा सहज हुने भएको हो । अब फाइजरलाई विश्वका अन्य मुलुकले पनि प्रयोगका लागी कदम अगाडी बढाउनेछन् । फाइजर सबैभन्दा पहिला बेलायतले प्रयोगका लागी अनुमति दिएको थियो । त्यसपछि यो भ्याक्सिनको प्रयोगको अभियान सुरु भएको थियो । बेलायत पछि अमेरिका,क्यानडा तथा युरोपियन संघका अन्य देशले पनि फाइजर भ्याक्सिन प्रयोगका लागी अनुमति दिएका थिए ।
कोरोना विरुद्ध आपतकालिन प्रयोगका लागी डब्लुएचओबाट भ्याक्सिन स्वीकृत प्राप्त गरेको फाइजर पहिलो कम्पनी बनेको छ ।
विशेषज्ञहरुका अनुसार कोभिड–१९बाट उत्पन्न हुने खतरा कम गर्न फाइजर भ्याक्सिन प्रभावकारी देखिएको छ । अब अति जरुरी परेका मुलुकले फाइजर भ्याक्सिन खरिद गरेर आपतकालिन प्रयोग गर्न सक्नेछन् ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...