राष्ट्रपति ट्रम्पले भिसामा प्रतिबन्ध बढाइएपछि अमेरिका आउने तयारीमा रहेका नेपालीहरु पनि प्रभावित

अमेरिका–राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनकार्ड तथा कामकाजी भिषामा फेरि आगामी मार्च ३१ सम्म अमेरिका प्रवेशमाराेक लगाएका छन् ।
यस्तो रोक लगाएपछि डिभी परेर अमेरिका आउने तयारी गरिरहेका नेपालीहरुलाई समेत असर पुगेकोे हो । राष्ट्रपति ट्रम्पले यस अघि एक कार्यकारी आदेश जारी गदै डिसेम्बर ३१ सम्म आप्रवासी भिसामा रोक लगाएकोमा त्यो अवधि बढाएर मार्च ३१ सम्म कायम गरेका हुन । ट्रम्पले यस अघि गएको अप्रिल महिनामा भिसामा रोक लगाएका थिए ।
ट्रम्पको यो आदेशले अबको तीन महिना अमेरिका प्रवेशका लागी अनुमति पाएका र प्रवेशज्ञा हुनेलाई समेत अमेरिका प्रवेशमा निशेध हुने भएको हो । खास गरी एच–१ बी, एच–२ बी, जे–१ त्था एल–१ ल्गायतका भिषाहरु प्रभावित भएका छन् ।
न्वनर्विाचित राष्ट्रपति जो बाइडेनले भने ट्रम्पले लगाएको रोकको भने बिरोध गदै आएका छन् । बाइडेन आएपछि ट्रम्पले लगाएको रोकलाई फुकुवा गर्ने या नगर्ने भन्ने बारेमा समेत अन्यौल छ । अमेरिका आउनका लागी गत सेप्टेम्बरमा भिसा पाएका डिभी विजेता नेपालीहरु ट्रम्पको आदेशले अमेरिका आउन पाएका छैनन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...