अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले चुनावी परिणामको विरोध गदै राजधानी वासिङटन डिसीमा विरोध ¥याली गदैछन् ।
आगामी जनवरी ६ मा ट्रम्पको समर्थन गदै समर्थकहरुले डिसीमा ¥याली निकाल्न लागेका हुन । राष्ट्रपति ट्रम्पले एक ट्वीट गदै ६ जनवरीको बिहान ११ बजे बासिङटन डिसीमा एक विशाल ¥याली हुने बताएका छन् ।
उनले अर्को ट्वीटमा भनेका छन्– ‘यो दिन बढी संख्यामा प्रमाण पेश गरिनेछ ।’ यो विरोध ¥याली विमेन फर अमेरिका फस्ट संगठनले आयोजना गर्न लागेको हो । संगठनले अमेरिकाबासीहरु संग चुनावको अखण्डता सुनिश्चित गर्न ¥यालीमा सहभागी हुन आव्हान समेत गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइट हाउस छाडने दिन नजिक आए पनि उनले चुनावी परिणामको हार अझै स्वीकार गरेका छैनन । अदालतहरुमा याचिका गरे पनि अदालतले खारेज गदै आएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले भने जनवरी २० मा अमेरिकाको ४६ औ राष्ट्रपतिको रुपमा कार्यभार सम्हालदैछन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected