अमेरिका– हालै भएको साइबर हमलामा अमेरिकाको २५० सरकारी एजेन्सी तथा शीर्ष कम्पनीलाई निशाना बनाएका थिए ।
रुसी ह्याकरद्धारा यो हमला गरेको बताईन्छ । ह्याकरहरुले मनिटरिङ तथा म्यानेजमेन्ट सफटवेयर सोलरविन्ड ओरियनको प्रयोग गरी ह्याक गरेका हुन । न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार क्लाउड सेवा प्रदान गर्ने अमेजन तथा माइक्रोसफ्ट कम्पनीको जा“च पछि यो प्रमाण फेला परेको हो ।
रिपोर्टमा सिनेटर मार्क बार्नरलाई हवाला दिदै उनले सुरुमा यो खबरले चिन्ता लागे पनि अहिले धेरै डराउने कुरा भएको छ । तर यो हयाकरलाई समात्न भने अमेरिकी सरकारले सफलता हासिल गर्न सकेन । माइक्रोसफ्टले आफनो सिस्टममा घुसपैठ भएको बताएको थियो । माइक्रोसफटले आन्तिरिक अकाउन्टमा असमान्य गतिविधी पत्ता लागेको र यसको समिक्षाबाट अकाउन्टको प्रयोग सोर्स कोड हेर्नका लागी प्रयोग गरेको खुलेको हो । अकाउन्टको जा“च पछि त्यसलाई हटाइएको हो ।
सुरुवातमा रुसी ह्याकरले १८ हजार सरकारी एजेन्सी तथा कम्पनीलाई हमला गरेको अनुमान लगाइएको थियो । रिपोर्ट अनुसार साइबर हमलाका लागी प्रयोग गरिएको सफटवेयर युरोपमा डिजाइन गरिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected