अमेरिका– अमेरिकामा कोरोना भ्याक्सिन वितरण सुरु भए पनि यहा“ कोरोना संक्रमणको महामारी थामिन सकेको छैन ।
अमेरिकामा कोरोनाबाट संक्रमीत हुनेहरुको संख्या दुई करोड पार भइसकेको छ । कोरोनाबाट ज्यान जानेको संख्या अहिले सम्म साढे तीन लाख नाघिसकेको छ । विभिन्न समाचार एजेन्सीका अनुसार पछिल्लो १९ दिनमा अमेरिकामा कोरोना संक्रमणबाट ५० हजार को ज्यान गएको छ । १४ डिसेम्बर सम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन लाख थियो । अमेरिकामा न्युयोर्कमा सबै भन्दा धेरै ३८ हजार २ सय ७३ जनाको ज्यान गएको छ । दोस्रो नम्बरमा टेक्सस रहेको छ, यहा“ कोरोनाबाट २८ हजार ३ सय ३८ जनाको गएको छ ।
त्यस्तै क्यालिफोर्नियामा २६ हजार ५ सय भन्दामाथि र फलोरिडामा २१ ह्जार भनदा बढीको ज्यान गएको छ । अमेरिकाको न्युजर्सि, इलिनोइस, पेन्सिलभेनिया, मिसिगन, म्यासाचुसेट्स तथा जर्जिया राज्य पनि कोरोनाबाट प्रभावित छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...