निर्वाचन विवादमा सेनालाई नमुछ्न राष्ट्रपति ट्रम्पलाई पुर्व रक्षमन्त्रीहरुको चेतावनी
अमेरिका–अमेरिकाका दस जना पुर्व रक्षामन्त्रीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावमा धाधली भएको आफनी दाबी सावित गर्न सेनालाई यसमा नमुछन चेतावनी दिएका छन् ।
उनीहरुले यस्तो भएको खण्डमा मुलुकमा खतरनाक गैरकानुनी तथा असंवैधानिक अवस्था पैदा हुने बताएका हुन । ट्रम्पलाई सचेत गराउने यी दस जना पुर्व रक्षामन्त्रीहरु डेमोक्रेट तथा रिब्लिकन पार्टि दुबैका हुन । पुर्व रक्षामन्त्रीहरुले वासिङटन पोष्टमा आइतबार प्रकाशित एक लेख मार्फत आफना बिचार सार्वजनिक गरेका हुन । उनिहरुले राष्ट्रपति ट्रम्पले राष्ट्रपति पद नछाडने अडानप्रति प्रश्न खडा गरेका छन् ।
लेखमा भनिएको छ –‘अमेरिकी सेनालाई चुनाव सम्बन्धी विवादमा मुछने प्रयास देशका लागी खतरनाक, गैरकानुनी तथा असंवैधानिक अवस्थामा लैजानेछ ।’
उनिहरुले नोभेम्बर तीनमा भएको निर्वाचनमा केही राज्यमा पुनः मतगणना तथा अदालतमा असफल चुनौतीका बाबजुत पनि नतिजा स्पष्ट भएको बताएका छन् । लेखकमा पुर्व रक्षा मन्त्रीहरुले ट्रम्पले आफनो चुनावी दाबाका लागी सेनाको गलत प्रयोगलाई लिएर चेतावनी दिएका छन् ।
उनिहरुले अमेरिकी चुनावकाे नतिजामा सेनाहरुको कुनै भुमिका नरहेको समेत स्पष्ट पारेका छन् ।
यो लेखकमा डिक चेनी, विलियम पेरी , डोनाल्ड र म्सफेल्ड, विलियम कोहेन, रोर्बस गेटस, लियोन पैनेटा, चक हैगेल, एस कार्टर, जेम्स मैटिस तथा मार्क एस्परले हस्ताक्षर गरेका छन् ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...