एनआरएनए अमेरिकाज क्षेत्रकाे महिला संयाेजककी उम्मेदवार उमा कार्की

हरेक संघ संस्थाको नेतृत्व तहमा महिलाहरुको उपस्थिति पुरुषको तुलनामा नगण्य नै भेटिन्छ । यस्तै गैरआवासिय नेपाली संघ पनि नेतृत्व तहमा महिला सहभागिता सन्तोषजनक छैन । महिलाको पनि समान पहु“च र सहभागिता बढाउने उद्देश्य सहित एनआरएनए अमेरिकाकी महिला अभियान्ता उमा कार्की थापा ले अमेरिकाज क्षेत्रबाट क्षेत्रिय महिला संयोजकमा उम्मेदवारी दिएकी छिन् । एनआरएनएमा महिला सहभागिता र सक्रियतालाई बढावा दिन उम्मेदवारी दिएको बताइन । क्यालिफोर्नियाम लामो समय बसेर सामाजिक क्रियाकलापमा अग्रणी भुमिका खेल्दै आएकी कार्कीले प्रवासी नेपालीहरुको हक र हितका लागी निरन्तर लड्दै आएकी छिन् । हाल उनी मिनी नेपालको रुपमा चिनिएको टेक्ससमा बसाई सरेर सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिइरहेकी छिन् ।
उनले सौन्दर्य पेशामा शोषित र पीडित महिलाहरुको पक्षमा मुद्धा लडेर उनिहरुको अधिकार सुनिश्चि गदै आफुलाई सामाजिक अभियान्ताको रुपमा चिनाएकी थिइन । उनको यो कार्यको सर्वत्र प्रशशां भएको थियो ।

गणेश –तिर्थ फाउन्डेसन मार्फत सामाजिक सेवामा क्रियाशिल उनले लस एन्जलस नेपाल अमेरिकाको दुई कार्यकाल अध्यक्ष भई आफनो समाजसेवाको छवीलाई उच्च बनाउन सफल भईन ।
एनआरएनएमा पनि उनी लामो समय देखि आवद्ध रही प्रवासी महिलाहरुको हक हितका लागी आवाज बुलन्द गदै आएकी छिन् । एनआरएनए अमेरिकाको पहिलो महिला संयोजक बनेकी कार्की एनआरएनए अमेरिकाको हेल्प डेस्ककी संयोजक समेत हुन । आइसिसिको वर्तमान महिला टास्क फोर्सकी सदस्य रहेकी कार्की नेपाल जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरको सल्ल्हाकार भएर समेत काम गरिसकेकी छिन् ।
एनआरएनए एनसिसि अमेरिकाको पुर्व अध्यक्ष समेत भइसकेकी कार्र्कीले विभिन्न पदमा रही काम गरिसकेकाले आगामी नेतृत्वका लागी अमेरिकाज क्षेत्रबाट क्षेत्रीय महिला संयोजकमा सामुहिक नेतृत्वको आवाज तथा संस्थागत दिगो बिकास भन्ने मुल लक्ष्य सहित अघि बढेकी छिन् । बिगतमा एनआरएनएमा लागेर गरेको अनुभव र कार्यलाई सबैले मुल्याङकन गरी क्षेत्रिय महिला संयोजकमा सबैले सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको छु’ उनले भनिन–‘एनआरएनएमा पछिल्लो क्रममा देखिएको बिसंगतिलाई हटाउदै हामी सबैको एनआरएनए बनाउन आफनो तर्फबाट सक्दो कोशिस गर्नेछु ।’
उनले उम्मेदवारी संगै अगाडी सारेका एजेन्डाहरु बुद्धागत रुमा यस्ता छन्:
१. एन आर एन आई सि सि को विधान र नियवलीको परिधिमा रही दीगो बिकासको लागि संस्थामा व्यक्तिगत प्रभावको सट्टा सामुहिक नेत्रित्वको लागि आवाज उठाउने,
२. यो क्षेत्रका एन सि सि, आई सि सि महिला सँयोजक् तथा अन्य महिला संगठनहरु सङ्ग एकता र सहकार्यको बिकास गर्ने,
३. आकस्मिक कोषको स्थापना गर्न पहल गर्ने,
४. म उपाधक्ष हुँदा मेरो नेत्रित्वमा एन आर एन ए एन सि सि यु एस् ए मा सुरु भएको हेल्प डेस्कको अनुभवबाट लाभान्वित हुँदै छेत्रीय महिला हेल्प डेस्क नेटवर्क सन्चालन गर्ने,
५. अमेरिज छेत्रीय महिला समिती स्थापना गरी सबै एन आर एन ए कार्यक्रमहरुलाई टेवा पुर्याकाउने,
६. नेपालमा र अमेरिकाज क्षेत्रमा हुने महिला हिँसा तथा, चेली वेटीमा माथि भएका अन्याय अत्याचार विरुद्द भएका कृयाकलापहरु विरुद्द, जन चेतना जगाउँदै सामुहिक अभियान नेत्रित्वदायी भूमिका खेल्न
७. अन्यायको विरुद्द लड्न, आर्थिक स्वावलम्बी बन्न नेपाल भित्र र नेपाल बाहिर अमेरिकाज क्षेत्रमा महिला सवलीकरण कार्यक्रम सन्चालन गर्न पहल गर्ने