अमेरिका– अमेरिकाको जर्जियामा मंगलबार सिनेटको दुई सिटका लागी मतदान जारी रहेको छ ।
गत नोभेम्बर तीनमा जर्जियाको निवाचनमा ५० प्रतिशत मत नल्याएका कारण पुनः मतदान भएको हो ।
जर्जियाको निर्वाचनमा डेमाक्रेट उम्मेदवार राफल वार्नक र जोन ओसफ तथा रिब्लिकन उम्मेदवार केली लोफ्र र डेभिड पर्डयु चुनावी प्रतिस्पर्धामा खडा भएका छन् ।
यतिबेला अमेरिकी राजनितिमा सबैको ध्यान जर्जियाको चुनावमा केन्द्रित भएको छ । आज साझ सम्म नतिजा आउने अपेक्षा गरिएको निर्वाचनको परिणाम कसको पक्षमा जाने भन्ने तर्फ धेरैको चासो छ । जर्जियाको चुनावलाई यस अर्थमा पनि महत्वपुर्ण मानिएको छ की यहा“ जित्ने पार्टिले नै अमेरिकाको सिनेमा आफनो दबदबा कायम गर्नेछ ।
अमेरिकाको प्रतिनिधि सभा त डेमाक्रेट पार्टिको बर्चुस्व कायम भइसकेको छ । यदि जर्जियामा दुबै सिट रिपब्लिकनले जितेको खण्डमा जो बाइडेन सरकारलाई आगमी दिनमा विभिन्न बिलहरु पास गर्न र अन्य कानुनी प्रकृया अगाडी बढाउन मुस्किल हुनेछ । संसदको सहमति विना विलहरु पारित गराउन सकिने छैन । यसर्थ पनि सिनेटमा बाइडेन प्रशासनले आफनो नियन्त्रण कायम गर्न जर्जियाको दुबै सिट जित्नुपर्ने हुन्छ । उता रिपब्लिकनले एउटै सिट जिते मात्र पनि आफनो सिनेटमा आफनो निययन्त्रण कायम गर्नेछ । सिनेटमा हालसम्म ५० सिट रिब्लिकनको र ४८ सिट डेमाक्रेट पार्टिको रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected