नवनिर्वाचित राष्ट्रपति बाइडेनको जीतको आज संसदमा औपचारिक घोषणा हुदै, ट्रम्पको चुनौति दिने प्रयास

अमेरिका– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको बुधबार औपचारिक रुपमा जीतको घोषणा हुदैछ ।
बाइनेडको जीतलाई ससदले मतहरु गणना गदै जीतलाई औपचारिकता दिनेछ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको जीतलाई हरतरहले मान्यता नदिने कोसिसमा लागीरहेका छन् । ट्रम्पले उपराष्ट्रपति माइक पेन्सलाई बाइडेनको चुनावी जीतलाई चुनौती दिन जोड दिइरेहका छन् । न्युयोर्क टाइम्सका अनुसार मंगलबार ट्रम्पसंग उपराष्ट्रपति पेन्सले भने नवनिर्वाचित राष्ट्रपतिलाई रोक्ने आफुसंग कुनै त्यस्तो शक्ति नरहेको स्पष्ट पारिदिएका छन् ।
आज बेलुका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जीतलाई सुनिचित गर्न अमेरिकी संसदको संयुक्त बैठक बस्दैछ । उपराष्ट्रपति माइक पेन्सले बैठकको अध्यक्षता गदैछन् । डेमाक्रेट पार्टिबाट राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले इलेक्टोरल कलेजमा ३०६ मत ल्याएका छन् भने रिपब्लिकनको तर्फबाट डोनाल्ड ट्रम्पले २३२ मत ल्याएका छन् । त्यसै गरी पपुलर भोटमा पनि ७० लाख भन्दा बढी मतान्तरले बाइडेनले पछि पारेका छन् ।
तर राष्ट्रपति ट्रम्प भने अझै पनि चुनावमा हार्न मान्ने पक्षमा देखिएका छैनन । उनले बारम्बार राष्ट्रपति निर्वाचनमा धाधलीको आरोप लगाइरह्का छन् । तर उनीसंग यसबारेमा भने कुनै ठोस प्रमाण छैन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...