अमेरिका– अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई सिटका लागी भएको निर्वाचनमा एक सिटमा डेमाक्रेटका राफल वार्नकले जीत हासिल गरेका छन् । यो जीत संगै डेमाक्रेट पार्टि सिनेटमा बहुमतको झण्डै नजिक पुग्न लागेको छ । वार्नकले रिपब्लिकनकी वर्तमान सासद समेत रहेकी केली लोफरलाई पराजीत गरेका हुन । डेमाक्रेटबाट विजयी भएका वार्नक १५ वर्ष भन्दा बढी समय जर्जियाको चर्चमा पादरी भएर समय व्यतित गरिसकेका छन् ।
उनको जीत पछि राष्ट्रपति ट्रम्पकी विश्वासपात्र मानिने केलीको हारपछि ट्रम्पलाई ठुलो झटका लागेको छ । केलीको चुनाव प्रचार अभियानमा राष्ट्रपति ट्रम्प सरिक भएका थिए ।
उता जर्जियाको दोस्रो सिटका लागी भइरहेको मतगणनामा पनि डेमाक्रेटका जोन ओसोफले अग्रता कायम गरिरहेका छन् । उनी रिपब्लिकन प्रतिस्पर्धी डेभिड पर्डयु भन्दा १७ हजार मतले अगाडी छन् । उनले एउटा भिडियो मार्फत आफुले जीत हासिल गरिसकेको बताएका छन् । तर औपचारिक रुपमा भने उनको जीतको घोषणा भइसकेको छैन । केही मत गणना अझै बाकी रहेको बताइएको छ । यदि जोन ले पनि जितेको खण्डमा सिनेट पनि डेमाक्रेट पार्टिको नियन्त्रणमा हुनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected