अमेरिका– जो बाइडेनलाई अमेरिकी संसदले औपचारिक रुपमा
गत नोभेम्बरमा राष्ट्रपति निर्वाचनमा भएको जीतलाई प्रमाणीत गरेको छ ।
बिहीबार बिहान उपराष्ट्रपति माइक पेन्सले बाइडेनलाई अमेरिकाको ४६ औ राष्ट्रपतिको रुपमा प्रमाणीत गरेका हुन । अब आगामी जनवरी २० मा जो बाइडेनलाई अमेरिकाको राष्ट्रपतिको रुपमा शपथग्रहण गर्ने बाटो समेत खुलेको छ ।
बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु संसदभवन प्रवेश गरी तोडफोडमा उर्तिपछि चलीरहेको ससद बैठक अवरुद्ध भएको थियो । कडा सुरक्षाका बीच उपराष्ट्रपति माइक पेन्सले बाइडेनले ३०६ र डोनाल्ड ट्रम्पले २७० इलेक्टोरल भोट प्राप्त गरेको घोषणा गरेका थिए ।
संसदमा एरिजोना तथा पेन्सिलभेनियाको इलेक्टोरल मतमा रिपब्लिकन सासदहरुले चुनौती दिने प्रयास गरेपनि त्यो पारित हुन सकेन । राजधानी डिसी क्षेत्रमा दंगा बढेपछि उत्पन्न परिस्थितिका कारण संसदको बैठक ढिलो गरी १५ घन्टा सम्म संचालन भएको थियो ।
संसदले जो बाइडेनलाई राष्ट्रपतिको रुपमा प्रमाणीत गरेपछि यता डोनाल्ड ट्रम्प भने अझै नतिजामा सहमत हुन सकेका छैनन । उनले आफु नतिजामा असहमत रहेको र आगामी जनवरी २० मा व्यवस्थित तरिकाले बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected