अमेरिका– राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट राष्ट्रपति पद नछाडदा सम्मका लागी प्रतिबन्ध लगाइएको छ ।
अमेरिकाको डिसी क्षेत्रमा बुधबार हिंसात्मक दंगा भएपछि फेसबुकका सिइओ मार्क जुकरबर्गले ट्रम्पको अकाउन्ट दुई साताका लागी प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन ।
अब डोनाल्ड ट्रम्पले यी दुबै अकाउन्टबाट कुनै पनि पोष्ट गर्न पाउने छैनन । अमेरिकी संसदमा भएको आक्रमण पछि फेसबुकले गंभीर अवस्थालाई मध्यनजर राख्दै यो कदम उठाएको हो । फेसबुकका जुकरबर्गले ट्रम्पलाई फेसबुकमा पोष्ट गर्न दिइनु जोखिम धेरै रहेको बताएका छन् । फेसबुकले राष्ट्रपति ट्रम्पका पोष्टहरु हटाइदिएको छ ।
डिसी क्षेत्रमा हिंसा बढेपछि राष्ट्रपति ट्रम्पले प्रर्दशनकारीहरुलाई घर जान अनुरोध गर्नु अघि फेसबुक, ट्वीटर तथा युटयुबको भिडियोमा आइलभ यु भनेका थिए । उनले राष्ट्रपति निर्वाचनमा धाधली भएको आरोप समेत दोहोराएका थिए ।
यता ट्वीटरले पनि ट्रम्पको अकाउन्ट १२ घन्टाको लागी प्रतिबन्ध लगाएको छ । उनले गरेका ट्वीटर भिडियोलाई पनि ब्लक गरे गरेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...