अमेरिका– टेस्ला इन्क तथा स्पेसएक्स का सिइओ एलन मस्क संसारकै धनी व्यक्तिको रुपमा सुचीकृत भएका छन् ।
अमेजनका संस्थापक जेफ बिजोसलाई पछि धकेल्दै उनी सबैभन्दा धनी कारोबारी बन्न पुगेका हुन । ब्लुमबर्ग न्युजलाई आधार मानी समाचार एजेन्सी रायटरले बिहीबार टेस्लाको शेयर ४.८ प्रतिशत भएपछि संसारकै धनी भएको उल्लेख गरेको छ । मस्कको सम्पत्ति १८८.५ अर्ब डलरको वृद्धि भएको हो । अघिल्लो वर्ष उनको क ११०.३ अर्ब डलर बढी थियो ।
.समाचार अनुसार ४९ वर्षिय मस्कको सम्पत्ती १८८.५ अर्ब डलर पुगेको छ । जेफ बिजोसको सम्पत्ति १.५ अर्ब डलर छ । टेस्लाको शेयर अघिल्लो वर्षको तुलनामा आठ गुना बृद्धि भएको छ । शेयरमा भएको भारी वृद्धि संगै टेस्ला संसारकै दमदार कार निर्माता कम्पनी बन्न पुगेको छ ।
रिपोर्ट अनुसार टेस्लामा मस्को २० प्रतिशत हिस्सेदारी छ । यो संगै उनलाई ४२ बिलियन डलरको लाभ भएको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...