राष्ट्रपति डोनाल्ड ट्रम्प जो बाइडेनको शपथग्रहण समारोहमा सहभागी नहुने घोषणा
अमेरिका– राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोहमा सहभागी नहुने बताएका छन् । आगमी जनवरी २० मा जो बाइडेनको सपथग्रहण समारोहमा उनी सहभागी नहुने बताएका हुन । डोनाल्ड ट्रम्पले शुक्रबार बिहान एक ट्वीट मार्फत सपथग्रहण समारोहमा नजाने औपचारिक घोषणा गरेका हुन ।
उनले ट्वीटमा भनेका छन्– ‘जो जसले मलाई सोधिरहनु भएको थियो म यो जानकारी दिन चाहन्छु कि जनवरी २० को सपथग्रहण समारोहमा मेरो सहभागिता रहने छैन ।’
बुधबार राजधानी बासिङटन डिसीमा भएको हिंसापछि राष्ट्रपति डोनाल्ड ट्रम्प केही शान्त देखिएका छन् । उनले आफनो हार पनि स्वीकार गरिसकेका छन् । सहज रुपमा सत्ता हस्तान्तरण गर्ने समेत बताएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...