ब्राजिल-कोरोना भाइरस (कोभिड -१९) महामारीले दक्षिण अमेरिकाको ठुलो देश ब्राजिललाई धेरै नै क्षति पुर्याएको छ । अहिले ब्राजिल मृत्यु हुनेको संख्याको आधारमा दोस्रो स्थानमा यथावत छ भने संक्रमीतको संख्या अनुसार तेस्रो स्थानमा छ । १० महिना देखि लगातार कोरोना भाइरसको प्रकोपमा परेको ब्राजिल अहिले सम्ममा निकै मानविय तथा आर्थिक क्षति बेहोर्नु परेको छ । संक्रमीत संख्यामा कमि नहुदा पनि दैनिकी जीवन समान्य गर्न खोज्दा र दैनिक आएको चाडबाडको रमझम र भेटघाटले गर्दा संक्रमीतको संख्यामा ह्वात्तै बढ्न पुग्यो भने तेहि अनुपातमा मृत्युदरको संख्या पनि बढ्न पुग्यो । ब्राजिलमा कोरोना भाइरस संक्रमीतको कारण मृत्यु हुनेको संख्या अहिलेसम्म २ लाख नाघेको छ । ब्राजिलमा १० महिनाको अवधिमा मृत्यु हुनेको संख्या यति पुगेको हो ।

केही दिन यता अन्य देशमा जस्तै ब्राजिलमा पनि कोरोना संक्रमीतको संख्या ह्वात्तै बढेको हो । केही दिन पहिला ओरालो लागेको कोरोना भाइरस क्रिसमस, नयाँ बर्षमा अत्याधिक मात्रामा मानिसहरुको जमघट, किनमेल सगै संक्रमीत संख्यामा उच्च वृद्धि भइ अन्य दिनहरु भन्दा बढेर झन्डै दोब्बर हुन पुगेको हो । त्यस्तै यहाँका मानिसहरुले मास्कको प्रयोग कम गर्नु, बिदाका दिन सधै जमघट भइ पार्टी गर्नु, खुलेआम हिंडडुल गर्नु जस्ता लापरबाहीले गर्दा पनि कोरोना संक्रमीतमा वृद्धि भएको हो । यसरी अहिले ब्राजिलमा दैनिक बढीरहेको संक्रमीतको अवस्था हेरेर एकदिनको मात्रै तथ्यांक हेर्ने हो भने हरेक दिन उच्च रेकर्ड राख्दै संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । अस्पतालहरु भरिभराउ हुन थालेका छन् । संक्रमीत संख्यामा उच्च वृद्धि भए सगै उच्च जोखिमको कारण लकडाउन हुन सक्ने सम्भावना पनि निकै बढेको छ ।

सरकारले ब्राजिलमा जतिसुकै खोप कुरा गरे पनि अहिलेसम्म कोरोना विरुद्धको कुनैै पनि खोप दिन सुरु गरेको छैन । जनवरी २५ तारिख देखि मात्र आपतकालीन खोप दिने कुरा घोषणा गरेको छ । तर त्यो कतिको लागू हुन्छ त्यो आउने दिनले बताउने छ । साच्चिकै दिन प्रतिदिन बढेको कोरोना महामारी र यहाँको घना जनसंख्याको आधारले संक्रमीत हुने हो भने आउदो दिनमा ब्राजिल संकटग्रस्त देश हुन सक्छ भनेर सजिलै अनुमान लाउन सकिन्छ ।

अहिलेसम्म बिश्वभर झन्डै १९ लाख २४ हजार मानिसहरुको मृत्यु भइसकेको छ भने ब्राजिलमा मात्रै २ लाख नाघेको छ । अहिलेसम्म ब्राजिलमा मात्र ८० लाख २० हजार संक्रमीत भइसकेका छन्, २ लाख १६ सय मृत्यु भइसकेको छ भने ७१ लाख २० हजार निको भएका छन् । ब्राजिलको सबैभन्दा प्रभावित ठाँउ साओ पाउलोमा मात्र संक्रमीत हुनेको संख्या १५ लाख १६ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या ४८ हजार पुगेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected