बेल्जियम संवाददाता / युएसनेपाल पाेष्ट

शम्भु लिम्बु पोखरामा लामो समय टाटु आर्टिस्ट भएर काम गरे । त्यस्तै हेयर ड्रेसर  पनि उनको लामो अनुभव छ । तर बिगत तीन वर्ष देखि उनी नेपाल बाहिर छन् । युरोपको सुन्दर सहर बेल्जियममा बसेर संघर्ष गदै आएका उनले आफनै वर्षो देखिको व्यवसायलाई बेल्जियमा पुगेर पनि निरन्तरता दिएका छन् ।
बेल्जियमको आन्तवेर्पेन सहरमा आइतबार देखि नुमा इंक टाटु स्टुडियो संचालनमा ल्याएका छन् । बेल्जियमा नेपालीले संचालन गरेका दर्जनौ व्यवसायहरु छन् । तर उनले अरुले भन्दा फरक व्यवसायमा हात हालेका छन् । यसरी बेल्जियमा खोलिएको उनको नेपाली समुदायको पहिलो टाटु स्टुडियो समेत बनेको छ । बेल्जियम सरकारबाट इजाजत प्राप्त पहिलो व्यवसायिक नेपाली टाटु आर्टिस्ट समेत बनेका छन् उनी ।

टाटुकार शम्भु लिम्बु

पोखरामा रहदा सन् २०११ देखि टाटु हाउस संचालनमा ल्याएर अनुभव बटुलेका लिम्बुले यता पनि यो व्यवसायले सफलता पाउनेमा ढुक्क छन् । बेल्ज्यिमको नेपालीहरु अधिक बसोबास रहेको सहरको प्रमुख ऐतिहासिक स्थल ग्रुनप्लाट्समा संचालित उक्त टाटु स्टुडियोमा नेपाली संगै विदेशी समेत लाभान्वित हुने उनले बताए ।
पश्चिमा देशहरुमा लोकप्रिय रहेको टाटु संस्कृति पछिल्लो समय नेपाली समुदायहरु माझ पनि  बनिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected