अमेरिका– अमेरिकाको शिकागोको दक्षिणी क्षेत्रमा अन्धाधुन्दाबन्दुक हमला गर्ने व्यक्तिले पाँच जनाको ज्यान लिएका छन् ।
हमलाकारीले शिकागोको भिन्न भिन्न क्षेत्रमा गएर सात जना माथि बन्दुक हमला गरेकोमा  हमलाकारी सहित पाँच जनाको ज्यान गएको हो । घाइते तीन जनाको अवस्था समेत नाजुक रहेको जनाइएको छ ।
अमेरिकी सचारमाध्यमका अनुसार शनिवार भएको उक्त हमलामा यस अघि चार जनाको ज्यान गएकोमा आइतबार एक जनाको उपचारको क्रममा ज्यान गएको हो । हमला गर्ने ३२ वर्षिय ज्यासोन नाइटेन्गल प्रहरीको मुडभेडमा मारिएका थिए । उनले चार घन्टाको अवधिमा अपार्टमेन्टको लभी कारको पार्किङ क्षेत्र तथा अन्य दुई स्टोरहरुमा बन्दुक हमला गरेका थिए ।
शिकागोका प्रहरी अधिकारी डेभिड ब्राउनले शनिवार दिउसो २ बजेबाट उक्त गोलाबारी सुरु भएको जानकारी संचारमाध्यमलाई दिएका छन् । हमलाकारीले सुरुमा शिकागो विश्वविद्यालयकी ३० वर्षिया छात्राको टाउकोमा गोली हानेका थिए । उक्त समय ति छात्र पार्किङ लटमा आफनो कारमा बसेकी थिइन । त्यसपछि बन्दुकधारीले एउटा अपार्टमेन्ट भित्र प्रवेश गरी ४६ वर्षिय सुरक्षागार्ड माथि हमला गरेका थिए । त्यहा“ उनले ७७ वर्षिया महिला माथि समेत गोली चलाएका थिए । पुनः उनी त्यहा“बाट निस्केर स्टोरमा पुगेर कारमा बसेकी १५ वर्षिया बालिका माथि गोली चलाए । बालिकाको अवस्था गंभीर रहेको बताइन्छ ।
प्रहरीले हमलाकारीलाई पार्किङ लटमा घेराबन्दी गरेका थिए । घेराबन्दी पछि उनी प्रहरीसंगको मुडभेडमा मारिए ।
घटना के कारणले घटाए भने बारेमा केही खुलेको छैन । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected