राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियाेग लगाउदै डेमाक्रेट सांसदहरु
अमेरिका– अमेरिकाको संसदमा भएको हमलालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोग लगाउने तयारी भएको छ ।
डेमोक्रेट पार्टिका सासदहरुले ट्रम्प विरुद्ध आरोपको मस्यौदा तयार पारेका छन् । यो मस्यौदामा डेमाक्रेटका १९० जना सासदले हस्ताक्षर गरेका छन् । तर रिपब्लिकनका कुनै पनि सासदले यसमा हस्ताक्षर अहिलेसम्म गरेका छैनन । महाअभियोग सम्बन्धी प्रस्ताव सोमबार संसदको तल्लो सदन अर्थात प्रतिनिधी सभामा पेश गर्न सक्ने संभावना छ । तल्लो सदनमा डेमोक्रेटको बहुमत छ ।
प्रतिनिधी सभाका सदस्य टेड लियुले शनिवार राती एक ट्युट गदै सदनमा सोमबार महाअभियोगका प्रस्ताव पेश गरिने बताएका छन् ।
डेमाक्रेट सांसदहरुले खास गरी भीडलाई उकासेको आरोपमा ट्रम्पमाथि महाअभियोग तयार पारेको हुन । ट्रम्पले गत नोभेम्बर तीनमा भएको निर्वाचनमा धाधलीको आरोप लगाउदै भीडियो सन्देश मार्फत उनले समर्थकलाई उचालेको आरोप छ । ट्रम्पले सुरुमा समर्थकहरुको प्रशसा गरे पनि पछि आलोचन गरेका थिए ।
प्रतिनिधी सभा सदस्य तथा मस्यौदाकार मध्येका लियुले आफुरुसंग भाषणको भीडियो रहेको र जसमा ट्रम्पले भीडलाई भडकाएको देखिएको बताए ।
ट्रम्प माथि यस अघि २०१९ डिसेम्बरमा पनि पदको दुरुपयोग गरेको भन्दै महाअभियोग लगाइएको थियो । तर पछि रिपब्लिकनको बहुमत रहेको सिनेटले पारित गरेन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...