डान्स विनिता फाउन्डेनद्धारा नेपाली माइकल ज्याक्सन सापटकोटालाई आर्थिक सहयोग

टेक्सस– अमेरिकाको टेक्ससको राजधानी अस्टिन बस्दै आएकी कलाकार बिनिता खड्का तथा डान्स विनिता फाउन्डेसनको पहलमा आर्थिक अवस्थाले कमजोर नेपाली माइकल ज्याक्सनको नामले चिनिने कलाकार रेवत सापकोटालाई झण्डै ५० हजार रकम सहयोग गरिएको छ ।
डान्स विनिता नामक जुम भिडियो मार्फत नृत्य सिकाउदै आएकी उनले टिकटक पारखीहरुको सहयोगबाट उठेको रकम सापकोटालाई सहयोग गरेकी हुन । टिकटकमा जाेडिएका साथीहरुले रकम सहयाेग गरेका हुन ।
उक्त रकम उल्टो साइकल यात्री बिरेश दाहाल, साइकल यात्री सौरभ दाहाल, मनोज कार्की, सुदीप भट्टराई तथा उज्ज्वल खडका लगायतले सहयोग गरेका हुन । उक्त रकम रजतपटका संचालक प्रकाश सुवेदी मार्फत सापटकोटालाई हस्तान्तरण गरिएको हो ।
यसरी नै अनलाइन कक्षा संचालन गरेर भविष्यमा आर्थिक समस्यामा परेका कलाकारलाई सहयोग गर्ने डान्स विनिताले जनाएकी छिन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...