राष्ट्रपति ट्रम्पको ट्वीटर बन्द गराउनमा यी भारतीय मुलकी वकीलको थियो भुमिका
अमेरिका– अमेरिकाको संसदभवन हिंसा पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अक आउन्ट बन्द गराउनमा भारतीय मुलकी वकील विजया गडडे को भुमिका रहेको बताइएको छ ।
भारतको हैदरावादमा जन्मेकी विजया ट्वीटर कम्पनीको लिगल पब्लिक पोलिसी तथा सुरक्षा टिमकी प्रमुख हुन । उनले ट्वीट गदै भनेकी थिइन ट्रम्पको ट्वीट अकाउन्ट बन्द गरिएको छ ।
गत साता डिसी स्थित संसदभवनमा पसेर ट्रम्प समर्थकहरुले तोडफोड गरेपछि अवस्था भयावह बनेको थियो । ट्रम्पले समर्थकलाई भडकाउने अभिव्यक्ति दिएको भन्दै ट्वीटरले सुरुमा अल्टिमेटम दिएको थियो । पुन: ट्रम्पले थप दुई ट्वीट गरेपछि ट्वीटरले अकाउन्ट बन्द गरिदिएको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...