टेक्सस– दुई वर्ष अघि सुनौलो सपना बुन्दै अमेरिका आएकी थिइन नुवाकोटकी अनिता अधिकारी । तर जिन्दगीले उनका सपनाहरु पुरा गर्न दिएन । टेक्ससको एभलिन शहरमा बस्दै आएकी उनको गत साता कार दुघर्घटनामा परेर ज्यान गयो । अनिता घटनाको दिन विष्णुप्रसाद पौडेललाई कार किन्न भन्दै घरबाट निस्केी थिइन । पेौडल नेपालमा रहदा उनका शिक्षक रहेको बताइन्छ । उनी स्थानिय अभानी क“डेलको घरमा बस्दै आएकी थिइन । पौडेल पनि कडेलकै घरमा बस्दै आएका थिए । उनिहरु झण्डै तीन महिना अघि क“डेलको घरमा बस्न आएका थिए । त्यस अघि उनीहरु टेक्ससको राजधानी अस्टिन बस्दै आएको बताइन्छ ।
बिहीबार अनिता बिष्णुलाई कार किन्ने भन्दै घरबाट निस्केकी थिइन । तर दुर्भाग्य घरबाट झण्डै डेढ घन्टाको दुरीमा रहेको हाइवे २७७ मा उनिहरुको चढेको २०१३ को फोर्ड कार अर्को कारसंग ठक्कर खायो । अनिताको कार दुर्घटनामा घटनास्थलमै मुत्यु भयाे ।

। कार चालक ४९ वर्षिय विष्णु पौडेल सख्त घाइते भएका छन  । घाइते पौडेलको नाजुक अवस्थामा उपचार भइरहेको बताइएको छ ।
दुबै जना घरधनी अभानीको ग्यास स्टोरमा काम गदै आएका थिए । अनिता २०१८ मा अमेरिका आएको बताइन्छ । अनिताको नेपालस्थित आफन्तलाई खबर भइसकेको छ । दुर्घटनामा उनको शब क्षतविक्षत भएकोले चिन्ने अवस्थामा नरहेको बताइन्छ । उनको आफन्त यहा कोही नभएकाले नेपालबाट परिवार झिकाउने प्रकृया चलीरहेको छ । घटनाले मर्माहत बनाएकाे अनितालाई नजिकबाट चिनेकी एभलिन निवासी अभानी कँडेलले बताइन ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected