अमेरिका– अमेरिकामा एक जना अपराधमा दोषी ठहरिएकी महिलालाई मुत्युदण्डको सजाय दिइएको छ ।
अमेरिकामा पहिलो पटक ६७ वर्ष छि ५२ वर्षिया लिसा मोन्टगोमरीलाई इन्डियाना राज्यको टेरे हौटेको संघीय कारागारमा विषालु इन्सेक्सन दिएर मुत्युदण्ड दिइएको हो । जो बाइडेन राष्ट्रपति बन्न आठ दिन बाकी रहनु अघि नै उनलाई मुत्युदण्ड दिइएको छ । अमेरिकी संचारमाध्यमका अनुसार जो बाइडेन भने मुत्युदण्डको संधै विपक्ष रहदै आएको बताइन्छ ।
अमेरिकको क्यान्ससकी की स्थायी बासिन्दा लिसाले एक गर्भवति महिलाको हत्या पछि पेटबाट बच्चा निकालेर फरार भएकी थिइन । फरार पछि उनी पक्राउ परेकी थिइन । अदालतको आदेश छि उनलाई जघन्य अपराधको आरोपमा मुत्युदण्डको सजाय सुनाइएको थियो । १६ वर्ष अघिको उक्त अपराधिक घटनामा लिसाले कुकुर बिक्रेता २३ वर्षिया बाबी जो स्टिनेटको घाटी थिचेर हत्या गरेकी थिइन । हत्यापछि उनले पेट चिरेर बच्चा निकालेर भागेकी थिइन । पेट चिरेर निकालिएको बच्ची अहिले १६ वर्षकी भइसकेकी छिन् । उनको नाम भिक्टोरिया रहेको बताइन्छ ।
मुत्युदण्ड दिनु अघि दोषी महिला लिसालाई सोधिएको थियो – तिम्रो अन्तिम इच्छा के छ ? प्रतिउत्तरमा उनले भनेकी थिइन– ‘केही छैन ।’
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...