अमेरिका– नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण अगाडी सयौ अमेरिका सेनालाई बासिङटन डिसी क्षेत्रमा बोलाइएको छ ।
डिसी क्षेत्रमा संकटकाल घोषणा भएपछि शान्ति सुरक्षालाई मध्यनजर राखेर सेना बोलाइएको हो ।
प्रतिनिधी सभामा डेमाक्रेट पार्टिले राष्ट्रपति ट्रम्प विरुद्ध महाअभियोगको बहस चलाइरहदा यतिबेला सयौ अमेरिकी राष्ट्रीय सेना क्यापिटल हिलको भिजिटर सेन्टरमा बसेर पहरा दिइरहेका छन् ।
बाइडेनको सपथग्रहण समारोहका क्रममा ट्रम्प समर्थकहरु बिरोधमा उर्तन सक्ने भन्दै कडा सुरक्षा अपनाइएको छ । बाइडेनको सपथग्रहण समारोहमा २० हजार भन्दा बढी अमेरिकी राष्ट्रीय सेना परिचालन गरिने संभावना रहेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । बाइडेनको सपथग्रहण समारोहको विरोधमाअमेरिकाका ५० राज्यमा प्रदर्शनको तयारी भएको एफबिआइएले यस अघि नै खुलासा गरेको थियो । यसैलाई ध्यानमा राखेर बासिङटन डिसीमा संकटकाल घोषणा गदै राष्ट्रिय सेना परिचालन गरिएको हो । अमेरिकाका प्रत्येक राज्यमा कुनै अप्रिय घटना नघटोस भनेर अमेरिकाको स्थानिय सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । संकटकालको घोषणालाई राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अनुमोदन गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected