कुमार जंग कार्की
( न्युजर्सी )अमेरिका-न्युजर्सी राज्यमा आजबाट दोस्रो चरणको खोप कार्यक्रम सुरु भएको र भ्याक्सिन लगाउने योग्यताको दायरा पनि बडाइएको गभर्नर फिल मर्फिले बताएका छन् । पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारी तथा ओल्ड एज केयर सेन्टर बस्ने तथा काम गर्ने कर्मचारी हरुलाइ मात्र उपलब्ध गराईएको कोरोना भ्याक्सिन अब देखि भने ६५ बर्ष माथिका, दिर्घ रोगि र धुम्रपानकर्ताहरुलाइ पनि उपलब्ध गराईने भएको छ । उनका अनुसार नया दायराले करिब १५ लाख ६५ बर्ष माथिका, १० लाख दिर्घ रोगि र करिब २० लाख धुम्रपानकर्ताहरुलाइ समेटेको छ ।
राज्यको स्वास्थ्य बिभागले खोप लगाउन इच्छुकहरुलाई पूर्व दर्तागर्ने ( प्रि रजिस्टर )को ब्यबस्था गरेको छ। जस अन्तर्गत करिब १२ लाख मानिस हरु दर्ता भएको र खोप उपलब्धभए संगै उनीहरुलाई क्रमश प्रथिमकताको आधारमा सम्पर्क गरिने राज्यका स्वास्थ्य आयुक्त जुडी पर्सि चिल्लीले बताएका छन् । सी डी सी ले दिएको जानकारी अनुसार हाल सम्म राज्यलाई करिब ६ लाख ५० हजार खोप उपलब्ध गराईसकिएको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...