अमेरिका– इन्डोनेसिायमा शक्तिशाली भुकम्प गएपछि ३४ जनाको ज्यान जानुका साथै सयौ घाइते भएका छन् ।
शुक्रबार बिहान सुरुमा सानो भुकम्पको धक्का आएको र एक घन्टापछि ६.२ म्यागनिटयुड ठुलो भुकम्प गएपछि धनजनको क्षति भएको हो ।
समाचार एजेन्सीहरुका अनुसार इन्डोनेसियाको सुलाबेसी दिपमा भुकम्पका कारण अस्पताल समेत आंशिक रुपमा भत्किदा मानिसहरु पुरिएको बताइएको छ । सयौ मानिसहरु भुकम्पका कारण बिस्थापित भएको बताईन्छ ।
इन्डोनेसियामा बेलाबेलामा सुनामी आउने र भुकम्प जाने हुनाले त्यहाको जनजीवन प्रभावित हुदै आएको छ । सन् २०१८ मा सुलाबेसीमा भुकम्प जादा २ हजार भन्दा बढी को ज्यान गएको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...