मिस नेपाल युएसएको ताज सुरभीलाई

प्रतियोगिहरु पालै पालो नेपाली संस्कृति झल्कने पहिरनमा क्याटवाक गदै आफनो परिचय दिन झुल्किए । सभाहलमा बसेका दर्शकले ताली परर बजाए । सबै प्रतियोगि आ–आफनो ठाउमा अब्बल देखिन्थे । तर पनि उनिहरु मध्येबाट एक जना विजेता छान्नु पर्ने थियो । सुरु देखि नै दर्शकको रोजाईमा परेकी हसिली र अग्लो कदकी ति प्रतियोगी थिइन– सुरभी खनाल । दर्शक र निर्णायकको मत आखिर मेल खायो । धेरैले लख काटेका थिए उपाधी उनकै पोल्टामा पर्छ की भनेर । आखिर निर्णायक मन्डलको निर्णय दर्शक संग मेल खादै तिनै सुरभीले मिस नेपाल युएसएको सातौ संस्करणको ताज पहिरिन । उनले अन्तिम पाँच प्रतिस्पर्धीहरुका लागी सोधिएको प्रश्नको चित्तबुझ्दो जवाफ दिदै उपाधी आफनो भागमा पारेकी हुन ।
नेब्रास्कामा सम्पन्न प्रतियोगितामा उनले आफना प्रतिस्पधीलाई पाखा लगाउदै ताज पहिरिईन । सातौ संस्करणको उक्त प्रतियोतिगामा भर्जिनिया निवासी खनालले फोटोजेनिक तथा बिउटी विर्थ आउट लिमिट अर्वाड पनि पाइन ।

प्रतियोगितामा टेक्सस निवासी रिमा शर्मा फस्ट रनर अप र शिकागोकी मेघा रौनियार सेकेण्ड रनर अप बनिन । रौनियारले सेकेण्डल रनर अप संगै मिस ट्यालेन्टको टाइटल पनि जितिन । प्रतियोगितामा न्युयोर्ककी सज्जा रावतले मिस कनजेनियल तथा क्लोराडोकी ज्याप अधिकारीले मिस क्याटवाकको टाइटल पाइन ।
नेब्रास्का नेपाली समाजको सहकार्यमा मिस नेपाल युएसको आयोजनामा भएको प्रतियोगितामा नेब्रास्काका गर्भनर तथा आयोजक संस्थाका संस्थापक अमित शाहले विजयी प्रतियोगिहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा उत्कृष्ट दस तथा उत्कृष्ट पाच हुदै अन्तमा विजेता छानिएको थियो । पहिलो मिस नेपाल युएसए सुजिता बस्नेतको नेतृत्वमा प्रतियोतिगा सम्पन्न भएको हो ।
पुर्व मिस नेपाल नग्मा श्रेष्ठले संचालन गरेको कार्यक्रममा गायिका इन्दिरा जोशीले विभिन्न सांगीतिक खुराक दिएर कार्यक्रमलाई थप मनोरञ्जन दिएकी थिइन ।
नेपालको संस्कृति संगै सौन्दर्य क्षमताको मापन गर्ने उद्देश्य सहित आयोजना भएको प्रतियोतिगामा नेपालपनलाई अधिक मात्रमा झल्काइएको थियो । हेबिटेट फर हयुमिनीटी भन्ने मुल उद्देश्य सहित कार्यक्रम भएको हो ।
सन्२०११ देखि सुरु भएको मिस नेपाल युएसमा पहिलो पटक बासिङटन डिसीमा बसोबास गर्ने सुजिता बस्नेत पहिलो मिस नेपाल युएस बनेकी थिइन । त्यस्तै २०१२ मा भर्जिनियाकी आस्था श्रेष्ठ, २०१३ मा न्युयोर्ककी बर्तिका राई, २०१४ मा ओहायो राज्यकी खुश्बु मिश्र तथा २०१५ मा नर्थ क्यारोलिनाकी प्रियंका थपलियाले तथा २०१८ मा न्युयोर्ककी दिलाशा न्यौपानेले ताज पहिरिएका थिए । प्राविधिक कारणले दुई वर्ष रोकिएको प्रतियोगिता अघिल्लाे वर्ष देखी नियमित संचालन हुन लागेको आयोजकले जनाएको छ ।