अमेरिका– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यतिबेला दोस्रो पटक महाअभियोग खेपी रहेका छन् ।
अमेरिकाको तल्लो सदन प्रतिनिधि सभाले ट्रम्पले दोस्रो पटक महाअभियोग लगाएको हो । अमेरिकाको इतिहासमै दुई पटक सम्म महाअभियोगको सामना गर्ने उनी पहिलो राष्ट्रपति हुन ।
अमेरिकामा ट्रम्प सहित अहिले सम्म संसदमा महाअभियोगको सामना तीन राष्ट्रपतिले गरेका छन् । महाअभियोग सामना गरेका मध्ये एक जना राष्ट्रपतिले पदत्याग समेत गरेका थिए । अमेरिकाका १७ औ राष्ट्रपति एन्ड्रु जनसन अमेरिकाको इतिहासमा महाअभियोग सामना गर्ने पहिलो राष्ट्रपति हुन ।
महाअभियोग पारित हुन आवश्यकता दुई तिहाईमा एक सासदको समर्थन नपुगेपछि उनी जोगिएका थिए । दक्षिण अमेरिकालाई कसरी एकीकरण गर्न सकन्छ भन्ने विषयमा डेमोक्रेटका जनसन रिब्लिकनसंग विवाद परेपछि महाअभियोगको सामना गरेका थिए ।
३७ औ राष्ट्रपति रिचर्ड निक्सन जसलाई डेमोक्रेट पार्टिको मुख्यालय रहेको भवनमा सन् १९७२ मा भएको चोरीका कारण महाअभियोग लगाइएको थियो । लामो झमेलामा फसेपछि अन्तत निक्सनले १९७४ अगष्ट ८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















