अमेरिका–माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल ग्रेटस अमेरिकामा सबैभन्दा धेरै कृषि भुमिको मालिक बनेका छन् । उनको कृषि भुमी अमेरिकाको १८ वटा राज्यमा रहेको छ ।
द ल्यान्ड ले जारी गरको तथ्य अनुसार बिल तथा मेलिन्डा गेट्स संग २ लाख ५२ हजार एकड जमीन रहेको छ । जसमा सबैभन्दा धेरै लुजियानामा ६९ हजार ७१ एकड, अर्कनसासमा ४२ हजार ९२७ तथा नेब्रास्कामा २० हजार ५८८ एकड जमीन रहेको छ ।
उनले हालै पुर्वी बासिङटनको कृषि भुमीलाई पनि १७.१ करोड डलरमा किनेका छन् ।
यो स्पष्ट भने भएको छैन बिल गेटसले यति धेरै लगानी गरेर कृषि भुमि किन खरीद गरे भनेर । तर यो जलवायु परिवर्तनसंग सम्बन्धीत भएको हुन सक्ने बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected