अमेरिका– ट्वीटरले एक जना अमेरिकी रिब्लिकन सांसदको ट्वीटर अकाउन्ट पनि बन्द गरिदिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै चुनावमा धाधली तथा भडकाउ अभिव्यक्तिहरु दिएको भन्दै जर्जियाकी रिपब्लिकन सांसद मरजोरी टेलर ग्रिनको ट्वीटर अकाउन्ट अस्थायी रुपमा बन्द गरिएको हो ।
ऋाफनो अकाउन्ट बन्द भएपछि सांसद ग्रिनले ट्वीटरको आलोचना गदै कार्वाही भन्दा पहिला सफाई दिने मौका समेत आफुलाई ट्वीटरले नदिएको बताएकी छिन् । ४६ वर्षिया महिला उद्यमी तथा भर्खरै मात्र राजनितिमा प्रवेश गरेकी उनी जर्जियाको १४ औ डिस्ट्रीक्ट बाट सासद चुनिएकी हुन । उनलाई सामाजिक संजालमा फलो गर्नेहरुको संख्या अधिक छ ।
सासद ग्रिनले एउटा टिभी च्यानलमा दिएको साक्षात्कार कार्यक्रमको भिडियो ट्वीटरमा शेयर गरेकी थिइन । भिडियोमा उनले चुनावमा धाधली तथा केही भडकाउपुर्ण अभिव्यक्ति दिएको ट्वीटरको ठहर छ । त्यसलगत्तै ट्वीटरले उनको विचारले हिंसा भडकने भन्दै अकाउन्टलाई बन्द गरेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected