अमेरिका–अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसले बुधबार शपथ लिदैछन् ।
शपथ समारोहमा केही दंगात्मक गतिविधी हुन सक्ने आंशकामा बासिङटन डिसी क्षेत्र हाइ अर्लट मा राखिएको छ । पछिल्लो समय शपथ समारोह अघि केही हिंसात्मक गतिविधी हुन सक्ने भन्दै सुचना अधिकारीहरुले सबै क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरेको हो ।
डिसी क्षेत्रमा यतिबेला प्रहरी, सुरक्षाकर्मि तथा नेशनल गार्ड गरी २५ हजार भन्दा बढी सुरक्षा जवान तैनाथ गरिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
अमेरिकी संसद भवनको इलाका, पेन्सिलभेनिया एभिन्यु, तथा बाइट हाउसको आसपासका ठाउ“हरुमा आउजाउ गर्न सर्वसाधारणका लागी बन्द गरिएको छ । यी स्थानहरुमा आठ फुट अग्ला अवरोधात्मक पर्खांल लगाइएको छ भने पुरा डिसी क्षेत्र हाइ अलर्टमा रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected