अमेरिका– अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेन र पत्नी जिल औपचारिक रुपमा बुधबार शपथग्रहण पश्चिात बाइट हाउस निवासी हुनेछन् ।
जो बाइडेनको चुनावी अभियानमा फस्ड लेडी तथा पुरा परिवारको अंहम भुमिका रहेको छ ।
फस्ट लेडी जिल पेशााले अंग्रेजी प्राध्यापक हुन । डा. जिल संग चार वटा डिग्री रहेको छ । जिलले बाइट हाउसमा आफनो भुमिका निर्वाह संगै आफनो पढाउने पेशालाई समेत निरन्तरता दिदैछिन् । बाइट हाउसको इतिहासमा फस्ट लेडी भएर पनि बाहिर काम गरेर तलब लिने उनी पहिलो महिला हुनेछिन् ।
जो बाइडेनको पहिलो विवाहबाट भएका तीन सन्तान मध्ये दुई सन्तानको मुत्यु भइसकेको छ । पहिलो पत्नीबाट जन्मेका हन्टर दोस्रो विवाहबाट जन्मेकी एश्ले अब पिता जो बाइडेन संगै बाइट हाउस प्रवेश गर्नेछन । हन्टर बाइडेनलाई नसाको आरोपमा सेनाबाट निकालिएको थियो । छोरी एश्ले सामाजिक कार्यकर्ता तथा च्यारिटेबल फेसन ब्राण्ड चलाउछिन् । बाइडेनका साथ दुई जर्मन शेफर्ड च्याम्प तथा मेजर संगै अर्को बिरालो पनि बाइट हाउसमा रहनेछन्। च्याम्प २००८ देखि नै बाइडेनसंग रहेको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...