अमेरिका–कोरोना भाइरसलाई लिएर हवाई यात्रा गर्न डराएका एक भारतीय युवा शिकागो विमानस्थलको सुरक्षीतक्षेत्रमा तीन महिना बिताएछन् ।
क्यालिफोर्निया निवासी ३६ वर्षिय भारती मुलका आदित्य सिंहलाई अहिले प्रहरीले पक्राउ गरेको छ । शिकागोको एक स्थानिय पत्रिकामा प्रकाशित समाचार अनुसार आेहारे अन्तराष्ट्रीय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा रहेको आरोपमा उनी पक्राउ परेको बताइएको छ । उनी माथि विमानस्थलको प्रतिबन्धित क्षेत्रमा आपराधिक तवरले पसेको तथा चोरीको आरोपमा मुद्धा समेत दर्ता गरिएको छ ।
समाचार अनुसार उनी लजएन्जल्सबाट १९ अक्टोबरमा विमानबाट शिकागोको ओहारे  विमानस्थल पुगेका थिए । उनी त्यहाँ अबैध ढंगलले हवाई अड्डाको सुरक्षा जोन मा रहेको बताइएको छ ।
शिकागो उडडन विभागले एक बयानमा यो मामला अहिले जाँचको विषय भएको बताएको छ ।

तस्वीर सिएनएन

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected