टेक्सस– टेक्ससको युनिभर्सिटी अफ अर्लिङटनमा अध्ययनरत बोन म्यारो क्यानसरबाट पीडित प्रकृति पाण्डेको उपचारमा सहयोगका लागी याचना गरिएको छ ।
सुप्रिया शिवाकोटी तथा पुजन पाण्डेले गोफन्ड अकाउन्ट खोली प्रकृतिको जीवन बचाउन सबैसंग सहयोगको याचना गरेका हुन ।
आर्लिङटन टेक्सस विश्वविद्यायमा मेकानिकल इन्जिनियरिङको स्नातक तहकी छात्रा प्रकृति केही वर्षदेखि आर्लिङटनमा बस्दै आएकी छन् । आफनो इन्जिनियरिङ अध्ययन पुरा गर्ने प्रकृतिको सपना स्वास्थ्यका कारण रोकिएको छ ।
गत नोभेम्बर ६ मा प्रकृतिलाई अकस्मात अधिक रक्तस्राव तथा पुरै शरीर निदाए जस्तो भएपछि उनलाई आर्लिङटन मेडिकल सेन्टरको आपतकालिन विभागमा लगिएको थियो । केही दिन अस्पताल बसेपछि उनलाई क्यानसरको आंशकामा त्यहा“बाट मेडिकल सिटी ड्यालस रिफर गरिएको थियो । झण्डै एक सातापछि रक्त लगायत सबै जा“च गरियो । अन्तत जा“च पछि उनलाई चिकित्सकहरुले बोन म्यारो क्यानसर भएको ठहर गरे । त्यसपछि उनलाई केमोथेरापी दिन सुरु गरियो ।
झापाको बिर्तामोड स्थायी घर भएकी प्रकृति चार वर्ष देखि आर्लिङटनमा बसेर अध्ययन गदै आफनो सुनौलो भविष्यको कल्पना गरिरहेकी थिइन । उनको महिनौसम्म उपचार लाग्ने र हड्डी समेत प्रत्यारोपण गर्नुपर्ने हुन्छ । उनको उपचारमा ठुलो रकम लाग्ने भएकाले उनको जीवन बचाउन उपचारमा सहयोग गर्न सबैसंग आग्रह गरिएको छ ।
उनलाई तलको लिंकमा गएर सहयोग गर्न सकिनेछ

https://www.gofundme.com/f/help-prakriti-pandey-beat-cancer?utm_source=customer&utm_medium=copy_link&utm_campaign=p_cf+share-flow-1&fbclid=IwAR0WoJtDX5M4GpdEJMHqwcEbYRPiw_kwAJJec0Ks1pPPlFI8WBZddU5gzhw

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected