अमेरिका– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफनो प्रशासनको पहिलो दिन एउटा आप्रवासी विधयेक पेश गर्ने योजना बनाएका छन् । यो विधयेकमा अमेरिकामा कानुनी हैसियत विना बसीरहेका झण्डै १ करोड १० लाख कागजबिहीन आप्रवासीलाई आठ वर्ष भित्रमा नागरिकताको बाटोमा लैजाने योजना बनाएको समाचार एजेन्सीहरुको एउटा रिपोर्टमा उल्लेख छ ।
बाइडेनको यो निति ट्रम्प प्रशासनको कडा नितिको ठिक विपरीत हुने देखिएको छ ।
विधेयकको बारेमा जानकारी राख्ने एक अधिकारीले बाइडेनले यो विधेयक बुधबार शपथग्रहण पश्चात राख्ने संभावना रहेको बताइएको छ । यो बिल पास भएको खण्डमा कागजबिहीन आप्रवासीले अमेरिकामा कानुनी हैसियत प्राप्त गर्नेछन् ।
जसअनुसार जनवरी २०२१ सम्म अमेरिकामामा कुनै कानुनी हैसियत बिना रहीरहेकाहरुको जाच गरी उनिहरुले कर तिरेको तथा कुनै अपराधिक गीतविधी ठहर नभएको खण्डमा उनिहरुलाई सुरुमा ग्रिनकार्ड प्रदान गरिनेछ । ग्रिनकार्ड पाएको तीन तथा चार वर्षको अन्तरालपछि अमेरिकी नागरिकता प्राप्त हुनेछ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...