अमेरिकी संसदभवनमा हिंसाको दौरान न्यान्सी पेलोसीको ल्यापटप चाेरेर रुस पु¥याउने प्रया

अमेरिका–अमेरिकाको राजधानी बासिङटन डिसी स्थित संसद भवन भित्र भएको दंगाका क्रममा हाउस स्पिकर न्यान्सी पेलोसीको ल्यापटप चोरी गर्ने महिला पक्राउ परेकी छिन् ।
चोरी गरेको ल्यापटप उनले एक जना रुसी साथीलाई पठाउने प्रयास गरेको अभियोगमा एफबिआइले उनलाई पक्राउ गरेको हो । उक्त ल्यापटप रुसी इन्टेलिजेन्स सर्भिस सामु पुग्ने तर्खरमा थियो । अमेरिकाको न्याय विभागले उक्त ल्यापटपको सम्बन्धमा अनुसन्धान गर्न पेन्सिलभेनियाकी रिले जुन बिलिम्यस नामकी महिलालाई पक्राउ गरिएको जनाएको छ । उनले संसद भवनमा भएको हिंसाका क्रममा उनले ल्यापटप चोरी गरेकी थिइन ।
अदातमा पेश भएको यो घटना उनले ल्यापटप आफुले नष्ट गरिन या रुसी साथीलाई पठाइन भन्ने बारेमा अनुसन्धान भइरहेको छ । उनले ल्यापटप चोरी गरेको भिडियो समेत अदालतमा पेश गरिएको थियो । संसदभवनमा हिंसा पछि न्यान्सी पेलोसीले ल्यापटप हराएको संसदमा जानकारी दिइएकी थिइन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...