अमेरिका– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफनो गृहनगर डेलावरमा मंगलबार विशेष संबोधन गरेका छन् ।
संबोधनका क्रममा जो बाइडेन भावुक मात्र बनेनन उनले आँसु समेत रोक्न सकेनन । उनले खास गरी आफनो विचारको केन्द्र रहेको दिंवगत छोरा बिउलाई सम्झेर आसु थाम्न सकेनन । २०१५ मा बिउ बाइडेनको निधन भएको थियो । भोली बुधबार बासिंगटन डिसीमा सपथग्रहण जानु अघि उनले आफना राज्यबासीलाई अन्तिम संबोधन गदै थिए ।
उनले आफनो राजनिति जीवनको क्रममा आएको उत्तरचढापको बारेमा बोल्दा बोल्दै भावुक बनेका थिए । आफु यो स्थानमा आइपुग्नुमा आफनो राज्य र बासिन्दाको ठुलो सहयोग र हौसला रहेको बताए । राज्यका जनताले यो स्थानमा पु¥याएको बताउदै आफु संधै यसका लागी ऋणी रहेको बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected