अमेरिका–कडा सुरक्षाका बीच जो बाइडेनले बुधबार अमेरिकाको ४६ औ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन् । उपराष्ट्रपतिको रुपमा कमला ह्यारिसले पनि शपथ लिएकी छिन् ।
सर्वोच्च अदालतका प्रधानन्यायधिस जोन रोबर्टसबाट जो बाइडेनले राष्ट्रपतिको सपथ ग्रहण गरेका हुन भने उपराष्ट्रपति कमला हयारिसले सर्वोच्चकी न्यायधिस सोनिया सोटोमेयरबाट शपथ लिएकी हुन बाइडेनले आफुले सिनेटर तथा उपराष्ट्रपति हु“दा प्रयोग गरेको सय वर्ष पुरानो बाइबल साक्षी राखेर शपथ खाएका थिए ।
जो बाइडेन ७८ वर्षको अधिक उमेरमा राष्ट्रपति बन्ने अमेरिकाका पहिलो व्यक्ति हुन ।
सपथ ग्रहणका लागी जो बाइडेन र कमला हयारिस क्यापिटल हिल पुगीसकेका छन् । केही बेरमा उनिहरुको शपथग्रहण समारोह हुदैछ । शपथग्रहरण समारोहमा पुर्व राष्ट्रपतिहरु जर्ज डब्लु बुस, बराक ओबामा तथा बिल किल्टन पनि सहभागी थिए ।

बाइडेनले शपथग्रहण समारोह पछि विशेष संबोधन गदै आफुले सबै अमेरिकाबासीको राष्ट्रपति भएको बताउदै उनले संविधान र मुलुकको रक्षाका लागी आफु लागीरहने प्रतिवद्धता व्यक्त गरे । उनले लोकतन्त्र तथा अमेरिकाको रक्षाका लागी वाचा गर्न चाहन्छु उनले संबोधनका क्रममा भने । उनले यो लोकतन्त्रको जीत भएको बताउदै आज नया इतिहास कोरिएको बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected