डोनाल्ड ट्रम्पले वाइट हाउस छाडनु अघि बाइडेनलाई पत्रमा के लेखेर छाडेका थिए ।

अमेरिका– डोनाल्ड ट्रम्पले वाइट हाउस छाडनु अघि आफनो उत्तराधिकारी जो बाइडेनको नाममा एउटा पत्र लेखेका थिए ।
शपथ ग्रहण पश्चात जो बाइडेनले उक्त पत्र पढे र भनेका थिए– पत्र उदारताले भरिएको छ । पत्र पढेपछि बाइडेन खुशी भएका थिए । अमेरिकी परम्परा अनुसार निवर्तमान राष्ट्रपतिले आफनो उत्तराधिकारीको नाममा पत्र छाडेर जाने गरेका छन् ।
डोनाल्ड ट्रम्पले पनि त्यही परम्परालाई अनुसरण गदै जो बाइडेनको नाममा पत्र छाडेर गएका थिए ।
बाइडेनले पत्रकारहरुको एक जिज्ञासामा डोनाल्ड ट्रम्पले लेखेको पत्र उदारताले भरिएको बताएका थिए । बाइडेनले ट्रम्पसं कुराकानी नगरी यो पत्रको बारेमा केही नबताउने जनाएका थिए ।
बाइडेनले डोनाल्ड ट्रम्पसंग कुराकानी गर्ने योजना बनाइरहेको बताएका छन् । बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गर्नु अघि नै ट्रम्पले लेखेको पत्र पढेकमा थिए ।
डोनाल्ड ट्रम्प २०१७ मा राष्ट्रपति हु“दा पुर्व राष्ट्रपति बाराक ओबामा ले पनि पत्र लेखेर छाडेका थिए । पत्र पढेपछि ट्रम्प उत्साही हुदै ओबामा लाई फोन गरेका थिए । तर उक्त समय ओबामा हवाई यात्राको क्रममा रहेकाले फोन उठाउन पाएनन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...