अमेरिका– अमेरिकामा नया सरकारको आगमन संगै कोरोनाभाइरस नियन्त्रणका लागी उठाइएको कदमका बीच महामारीको कहर जारी रहेको छ ।
अमेरिकामा बितेको २४ घन्टामा कोरोना महामारीबाट ४ हजार ३ सय संक्रमीतको ज्यान गएको छ । २४ घन्टामै १ लाख ८८ हजार १५६ जना नया संक्रमीत थपिएका छन् । विश्वमा अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित देश मानिन्छ ।
अमेरिकामा एक तथ्याङक अनुसार हरेक दिन औसत १ लाख ९० हजार नया पोजेटिभ थपिने गरेको छ । त्यसै गरी ३ हजार पीडितको कोरोनाबाट औसतमा ज्यान गइरहेको छ ।
जो बाइडेन राष्ट्रपति भएपछि सय दिनका लागी मास्क लगाउन तथा शारीरिक दुरीको नियमलाई अनिवार्य गरिदिएका छन् । तर निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो कदम उठाउन यस अघि अस्वीकार गरिदिएका थिए ।
अहिलेसम्म अमेरिकामा कोरोनाबाट ४ लाख भन्दा बढीको ज्यान गइसकेको छ भने संक्रमीतको संख्या २ करोड भन्दा ४६ लाख भन्दा माथि पुगेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected